कांग्रेसको उम्मेदवार सूची सार्वजनिक: सुनसरी–२ को टिकट कोइरालालाई, बाँकी को–को?

सोमबार, ०५ माघ २०८२
file pic

काठमाडौँ : नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम टिकट वितरणलाई टुङ्ग्याउने क्रममा हिमाली, पहाडी तथा केही तराईका जिल्लामा उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको संसदीय बोर्डको बैठकले विभिन्न जिल्लाका उम्मेदवार तय गरेको हो ।

निर्णयअनुसार काँग्रेसले हुम्लामा जयपति रोकाया, मुगुमा खड्गबहादुर शाही, जुम्लामा दीपबहादुर शाही, डोल्पामा कर्णबहादुर बुढा र कालिकोटमा हर्ष बमलाई उम्मेदवार बनाएको छ । यस्तै दैलेख–१ मा बासना थापा, दैलेख–२ मा दिक्पाल शाही, सल्यानमा केशबहादुर विष्ट, बाजुरामा जनक गिरी, पूर्वी रुकुममा कुसुम थापा मगर र रोल्पामा डा. सुधनकुमार ओली उम्मेदवार बनेका छन् ।

त्यसैगरी प्युठानमा डा. गोविन्दराज पोखरेल, ताप्लेजुङमा गजेन्द्र तुम्येहाङ, पाँचथरमा नरेन्द्र केरुङ, बैतडीमा चतुरबहादुर चन्द, तेह्रथुममा सन्तोष सुब्बा र धनकुटामा दिनेश राईलाई काँग्रेसले टिकट दिएको छ ।

गोरखा–१ बाट प्रेमकुमार खत्री र गोरखा–२ बाट प्रकाशचन्द्र दवाडी उम्मेदवार चयन भएका छन् ।

उदयपुर–१ मा विदुर बस्नेत र उदयपुर–२ मा रामकुमार राईलाई उम्मेदवार बनाइएको छ भने ओखलढुङ्गामा रामहरि खतिवडा, मोरङ–३ मा सुनिल शर्मा, सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की र सुनसरी–२ मा राजीव कोइरालाले टिकट पाएका छन् ।

यस्तै गुल्मी–१ बाट चन्द्र भण्डारी र गुल्मी–२ बाट भुवन श्रेष्ठ उम्मेदवार चयन भएको काँग्रेसले जनाएको छ । पार्टीले बाँकी क्षेत्रका उम्मेदवार पनि छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार