गोरखा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गोरखा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ।
पार्टीले गोरखा–१ बाट सुदन गुरुङलाई र गोरखा–२ बाट महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
कवीन्द्र बुर्लाकोटीले २०७९ सालको निर्वाचनमा पनि गोरखा–२ बाट उम्मेदवारी दिएका थिए। सो चुनावमा उनले १२ हजार ६ सय ३९ मत प्राप्त गरेका थिए।
पार्टीले यस पटकको निर्वाचनमा पनि समान जोस र रणनीतिसहित उम्मेदवारलाई मैदानमा उतार्ने तयारी गरेको बताइएको छ।
प्रतिक्रिया