काठमाडौँ : नेपाली काँग्रेसले दोलखाबाट प्रतिनिधि सभा उम्मेदवारका लागि अजयबाबु शिवाकोटीलाई टिकट दिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले उनलाई रुख चिन्हबाट उम्मेदवारी दिएको हो।
शिवाकोटी २०७८ सालमा पहिलोपटक काँग्रेस केन्द्रीय सदस्य बनेका थिए भने गत पुस २७–३० गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
उनी दोलखाका मूल निवासी हुन् र पत्रकारिताबाट राजनीतिमा प्रवेश गरी सफलता हासिल गरेका छन्। उनले नेपाल प्रेस युनियनका पूर्व महासचिवको रूपमा समेत कार्य गरेका छन्।
काँग्रेसले टिकट वितरण प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ। विशेष महाधिवेशनबाट चुनिएका सभापति गगनकुमार थापाको हस्ताक्षरमा टिकट वितरण भइरहेको छ।
यद्यपि पार्टीभित्रको विवाद भने कायमै छ। विशेष महाधिवेशन नमान्ने भन्दै शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालतमा पुगेको छ। अदालतको मुद्रासम्बन्धी विवादबीच पनि देउवा पक्षका नेताहरूले थापाकै हस्ताक्षरमा टिकट लिइरहेका छन्।
प्रतिक्रिया