कांग्रेसले नुवाकोट–१ मा महतलाई उम्मेदवार बनायो

सोमबार, ०५ माघ २०८२

काठमाडौँ : नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोट क्षेत्र नम्बर १ मा प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ।

भोलि निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु हुँदैछ भने विभिन्न राजनीतिक दलहरूले धमाधम उम्मेदवार टुंग्याइरहेका छन्। सो क्रममा कांग्रेसले नुवाकोट–१ मा महतलाई उम्मेदवार घोषणा गरेको हो।

गत निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार