लागूपदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक र सहचालक इटहरीबाट पक्राउ

विहीबार, ०४ मंसिर २०८२

इटहरी । लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालक र  सहचालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

 प्रहरीले सुनसरीको तरहरा क्षेत्रमा उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले इटहरी उप–महानगरपालिका–२०, तरहरा क्षेत्रमा चेकजाँचका क्रममा उनीहरूलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिए । 

प्रहरीका अनुसार पक्राउ परेका सबैलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाहीका लागि पेश गरिएको छ । सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद थप भई उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा  धरान उप–महानगरपालिका–८ का २२ वर्षीय रोहन विक , धरान  ५ का  ३० वर्षीय  विनय बि.क, २७ वर्षीय बिमल राई , इनरुवा नगरपालिका–९ का  २३ वर्षीय अभिषेक चौधरी दुहबी नगरपालिका–८ का  २८ वर्षीय दिवश चौधरी, दमक नगरपालिका–१३ का   ३९ वर्षीय अर्जुन पौदार , बवियाबिर्ता–७ का ४३ वर्षीय पंचलाल खवास , बेलबारी नगरपालिका–९  का ३२ वर्षीय रमेश चौधरी रहेका छन् ।  

WhatsApp Image 2025-11-20 at 7.41.28 AM (1)

प्रहरीका अनुसार सवारी चालकहरूले लागूपदार्थ सेवन गरी सवारी सञ्चालन गर्दा जनधनको ठूलो जोखिम हुने भएकाले नियमित चेकजाँच र निगरानी कडा बनाइएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार