एनपीएल : चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी

विहीबार, ०४ मंसिर २०८२

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज(विहीबार) भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । 

चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १४२ रन बनाएको हो ।

लुम्बिनी चितवनले दिएको लक्ष पछ्याइरहेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । 

लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानमा कुशल मल्ल रहेका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार