चन्द्र भण्डारीले दिए गगन–विश्वको केन्द्रीय समितिलाई बधाई

शुक्रबार, ०२ माघ २०८२

काठमाडौँ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बनेको नेपाली कांग्रेस केन्द्रीय समितिलाई हार्दिक बधाई व्यक्त गरेका छन् ।

भण्डारीले सामाजिक सञ्जालमा लेख्दै सबैलाई समेट्ने, सबैको सहभागिता हुने स्थान बन्ने आशा व्यक्त गरेका छन् । उनले सद्भाव, प्रेम र मिठो शब्द प्रयोग कायम रहोस् भन्ने सन्देशसमेत दिएका छन् ।

उनले आफ्नो सन्देशमा राष्ट्रिय एकता र सामूहिकताको महत्त्वलाई जोड दिँदै भने, “म कम्जोर हुँदै जाओस्, अन्ततः एक दिन सँगै हिँड्नै पर्छ—इतिहासले यही सिकाउँछ ।”

भण्डारीले सबै विद्यार्थी र युवालाई सफलताको लागि शुभकामना व्यक्त गर्दै जीवनका सत्यहरूमा ध्यान दिन आग्रह गरेका छन् ।

“प्रकृतिले एउटै जवानी दिँदैन, बुढो एक दिन अवश्य हुनुपर्छ, मृत्यु अन्तिम सत्य हो। सबै विद्यार्थी सफल हुँदैनन्, तर सफलताका लागि सबैलाई हार्दिक शुभकामना। जय नेपाल !”

यस्तो छ उनको स्टाटस

गगनजी र विश्वजीको केन्द्रीय समितिलाई हार्दिक बधाई।
शुभ रहोस्,
सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्।
सद्भाव र प्रेम कहिल्यै नहटोस्।
शब्दको प्रयोग मिठो होस्,
सुरुवात मेरो देशबाट होस्।
“म” कम्जोर बन्दै जावस् !!!
अन्ततः एक दिन सँगै हिँड्नै छ—
इतिहासले यही सिकाउँछ।
बाबु–नानीहरूलाई सम्झाउनै पर्ला—
प्रकृतिले एउटै जवानी दिँदैन,
बुढो एक दिन अवश्य हुनुपर्छ,
मृत्यु अन्तिम सत्य हो।
सबै विद्यार्थी सफल हुँदैनन्,
तर सफलताका लागि सबैलाई
हार्दिक शुभकामना।
जय नेपाल !!!

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार