धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी नदी किनारमा आधारित पर्यटन क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।
पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा लोकप्रिय बन्दै गइरहेको सुनसरीको वराहक्षेत्र नगरपालिका ६ स्थित `बोराबाँध ´मा आज साझ अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले आधारभूत पूर्वाधार निर्माणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विकासबाट नै समृद्धि आउने उल्लेख गर्दै प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको बताए । हामीसँग पर्यटनको अथाह सम्भावना छ, तर धेरै क्षेत्रहरूमा प्रारम्भिक कामसमेत हुन नसक्नु दुखद् विषय हो उनले भने, नगरपालिका र स्थानीयतह मिलेर कुनै स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको देख्दा खुशी लागेको छ ।
मुख्यमन्त्री कार्कीले भने, यस क्षेत्रको समग्र विकास र सम्भावनाको पहिचानका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने स्पष्ट पारे। कोशी नदीमा आधारित पर्यटन विकास गर्ने सरकारी योजनासँगै पछिल्लो समय स्थानीयस्तरबाट गरिएको प्रचार प्रसार र प्रवद्र्धनको काम प्रशंसनीय छ । यहाँ थप पर्यटक भित्र्याउने सम्भावना छ, जसले स्थानीय आर्थिक गतिविधि, रोजगारी र समृद्धिमा टेवा पु¥याउँने जानकारी दिए !
प्रदेश सरकारले स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पूर्वाधार विकास गर्ने नीति लिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र तीनै पक्ष मिलेर मात्र यस्ता क्षेत्रको दीगो विकास सम्भव हुने उनको भनाई थियो !
प्रतिक्रिया