बर्जूमा रिकेश चौधरी नेतृत्वमा रास्वपा पार्टीको गाउँकमिटी गठन

शुक्रबार, ०२ माघ २०८२

इटहरी : सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गठन तीव्र बनेको छ। 

बर्जू गाउँपालिकामा भव्य कार्यक्रम गर्दै रिकेश चौधरीको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ। पार्टीको केन्द्रीय सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले कमिटी गठन गरेको हो।

नव गठित कमिटीमा रिकेश चौधरी सभापति, उपसभापतिमा शेखर मेहता, सचिवमा ब्रिकम राय, सहसचिवमा रामकुमार कामत र कोषाध्यक्षमा समीक्षा चौधरी चयन भएका छन्। सदस्यमा क्रमशः कुमार भण्डारी, प्रलाद चौधरी, बसिर मन्सुरी, अनिल शर्मा, दामोदर भट्टराई र गणेश चौधरी रहेका छन्।

भेलाले गाउँपालिकाका ६ वटा वडा मध्ये ४ वटाका सम्पर्क व्यक्ति समेत चयन गरेको छ। १ नं. वडाका लागि शम्भु गुरुङ, २ नं. वडा सन्तोष कुमार साह, ५ नं. वडा सञ्जय पासवान, र ६ नं. वडामा राजकुमार चौधरी र धिरेन दासलाई चयन गरिएको छ।

केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवार अशोक कुमार चौधरीले नव गठित कमिटीलाई बधाई ज्ञापन गर्दै आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने दावी गरेका छन्। उनले पार्टी गठन अब स्थानीय तह र वडाहरूसम्म पुगिसकेको उल्लेख गर्दै घण्टी छापमा भोट हाल्न आमजनतालाई आव्हान समेत गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार