विधानविपरीत ‘विशेष महाधिवेशन’ भएको भन्दै ४८ जिल्ला सभापतिले गरे एकताको आव्हान

विहीबार, ०१ माघ २०८२

काठमाडौं। नेपाली कांग्रेसका ४८ जना जिल्ला कार्यसमिति सभापतिहरुले विशेष महाधिवेशनको नाममा विधानविपरित गतिविधि गरेर पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भएको भन्दै नियमित महाधिवेशनको पक्षमा एकताबद्ध हुन कांग्रेसजनमा अनुरोध गरेका छन्। 

उनीहरुले बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेसन पार्टीलाई विभजनतर्फ धकेल्ने प्रयास नेपाली कांग्रेसका शुभचिन्तक, आमलोकतन्त्रबादी तथा समग्र मुलुकको हितमा नरहेको निष्कर्ष निकाल्दै संविधानको रक्षा, आसन्न निर्वाचनमा पार्टीलाई एकढिक्का बनाए। अघि बढाउने दायित्व पुरा गर्न दृढतापूर्वक उभिन कांग्रेसजनमा अनुरोध गरेका हुन्। 

‘नियमित महाधिवेशनको बैधानिक प्रकृयामार्फत कांग्रेसको सुदृढीकरण, रुपान्तरण र भावि दिशा सुनिश्चित गर्न आम निर्वाचनमा कांग्रेसको पक्षमा दृढतापूर्वक उभिन अनुरोध गर्दछौं’, कांग्रेस बागलुङका सभापति जीत शेरचनसहितले ४८ जिल्ला सभापतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

‘कांग्रेस आफ्नो इतिहासको अत्यन्तै संवेदनशील र कठिन मोडमा उभिएको छ। कांग्रेस सशक्त, अनुशासित र एकताबद्ध रुपमा अगाडि बढोस भन्ने चाहाना राख्ने असंख्या लोकतन्त्रबादीहरुलाई नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भई पक्रिया अघि बढेको अवस्थामा त्यसतर्फ लाग्न अनुरोध गदैछौं’ विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार