काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारीको पक्ष आज निर्वाचन आयोग जाँदैछ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेपछि बैठनकको निर्णयसहित उनीहरू पार्टीको नेतृत्व परिवर्तन भएको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जान लागेका हुन् ।
नेपाली कांग्रेसको विशेश महाधिवेशनके हिजो राति गगन थापाको सभापतित्वमा नयाँ केन्द्रीय कार्यसमिति विर्वाचित गरेको थियो । तर, विशेष महाधिवेशनले भंग गरेको पार्टीको केन्द्रीय कार्यसमिलेने विशेष महाधिवेशन अवैध भएको भन्दै गगन-विश्वप्रकाश, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका पदाधिकारीलाई ५ वर्षको लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
कारवाहीको निर्णयलगत्तै विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अगाडि बढाइ नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । सोही विवरण अद्यावधिक गर्नका लागि नयाँ कार्यसमिति आयोग जान लागेको हो ।
प्रतिक्रिया