नेपाल एसबिआई बैंकमा डकैती: सुरक्षा गार्डको हात काटियो, कर्मचारी बाँधेर रकम लुटियो

मंगलबार, २९ पुस २०८२

काठमाडौँ : सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखामा लुटपाट भएको छ।

आज बेलुकीतिर आएका लुटेराहरूले बैंकका सुरक्षा गार्डमाथि आक्रमण गरी घाइते बनाउँदै कर्मचारीलाई नियन्त्रणमा लिएर रकम लुटेर फरार भएका छन्।

स्थानीय बिर्ख वाइवा तामाङका अनुसार लुटपाटका क्रममा सुरक्षा गार्डको हातमा गम्भीर चोट लागेको छ। घाइते सुरक्षा गार्डलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। लुटेराहरूले बैंकका कर्मचारीलाई बाँधेर नगद रकम लिएर भागेको बताइएको छ।

घटनापछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। लुटेराहरूको पहिचान र लुटिएको रकमको विवरण सङ्कलन भइरहेको जनाउँदै प्रहरीले थप विवरण आउन बाँकी रहेको जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार