टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदी अटो पार्ट्सको सहयोग

मंगलबार, २९ पुस २०८२

 काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रा.लि.ले आफ्ना ‘टाटा गुरु’ सुभाष शर्माको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको ‘सिप्रदी सहायता’ कार्यक्रममार्फत प्रारम्भिक सहयोग प्रदान गरेको जनाएको छ।

ललितपुरको सानेपा निवासी शर्मा हाल गम्भीर स्नायु सम्बन्धी समस्याका कारण काठमाडौँस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत छन्।

लामो समयदेखि अटोमोबाइल क्षेत्रमा सीप र दक्षताका माध्यमबाट योगदान दिँदै आएका शर्मालाई चिकित्सकहरूले दीर्घकालीन उपचार आवश्यक पर्ने बताएका छन्, जसका कारण उपचार खर्च व्यवस्थापनमा परिवारलाई चुनौती उत्पन्न भएको छ।

यस संवेदनशील अवस्थामा सिप्रदी अटो पार्ट्सले सहकर्मीप्रतिको जिम्मेवारी र मानवीय संवेदनालाई आत्मसात् गर्दै उपचारमा सहयोग गरेको उल्लेख गरेको छ।

कम्पनीले शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोगका लागि अन्य व्यक्ति, संघ–संस्था तथा सरोकारवाला निकायहरूलाई पनि साथ दिन आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार