श्रम संस्कृति पार्टीले मोरङ-१ र भोजपुरमा गर्यो उम्मेदवारको घोषणा

मंगलबार, २९ पुस २०८२

मोरङ : श्रम संस्कृति पार्टीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ–१ बाट शान्ति पाख्रिनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने भोजपुरबाट ध्रुव राईलाई प्रत्यक्ष तर्फ उम्मेदवार घोषणा गरेको छ।

पार्टीका महासचिव आरेन राईले मोरङ–१ बाट पाख्रिनलाई टिकट दिइएको जानकारी दिँदै भने,‘आजबाट हामीले आधिकारिक रुपमा उम्मेदवारहरूलाई टिकट वितरण सुरु गरेका छौं।’

पार्टी सभापति हर्क साम्पाङ, जो धरानका मेयर पनि हुन्, राजधानी पूर्वका जिल्लाबाट उम्मेदवार बन्नेहरुलाई धरान बोलाइसकेका छन्।

त्यसैगरी भोजपुरका लागि पार्टीले स्थानीय बासिन्दालाई माटो चुनाव चिन्हमा भोट हाल्न आह्वान गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार