विश्व मधुमेह दिवसमा इटहरीमा जनचेतनामूलक र्याली (तस्विरहरुसहित)

शुक्रबार, २८ कार्तिक २०८२

इटहरी : विश्व मधुमेह दिवसको अवसरमा इटहरीमा शुक्रबार विशेष जनचेतनामूलक र्याली निकालियो। नवदृष्टि आँखा अस्पतालले आयोजना गरेको र्याली इटहरी चौक परिक्रमा गर्दै सकिएको थियो। अस्पतालका डाक्टर, नर्स र कर्मचारीहरू प्ले–कार्डसहित हिँडिरहेका थिए, जसले मधुमेह र आँखाको स्वास्थ्यबीचको सम्बन्धबारे सन्देश दिइरहेको थियो।

naba dristi 111111

१४ नोभेम्बरलाई विश्व मधुमेह दिवसका रुपमा मनाउन थालिएको इतिहास करिब एक शताब्दी पुरानो छ। इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन यही दिन परेकाले विश्वभर मधुमेहबारे जागरुकता बढाउने उद्देश्यले यो दिवस मनाइन्छ। इन्सुलिन आविष्कार भएपछि मधुमेह उपचारमा आएको परिवर्तन आज पनि चिकित्सा इतिहासकै महत्वपूर्ण उपलब्धि मानिन्छ।

bijaya gautam

र्यालीमा सहभागि अस्पतालका सञ्चालक विजय गौतमले मधुमेह केवल शरीरको चिनी सन्तुलनसँग सीमित नहुने बताए। उनका अनुसार, मधुमेहका बिरामीमा आँखामा समस्या देखिने सम्भावना अर्थात डायवेटिक रेटिनोप्याथीको सम्भावना उच्च हुने भएकाले  धेरै भएकाले नियमित आँखाको जाँच अनिवार्य छ। उनले खानपान, व्यायाम र तौल नियन्त्रणजस्ता कुरामा ध्यान दिएर धेरैले मधुमेहको जोखिम घटाउन सक्ने बताए।

naba dristi

मधुमेह अहिले विश्वभर बढिरहेको जीवनशैलीसँग सम्बन्धित रोगका रूपमा देखिएको छ। नेपालमा समेत यसको जोखिम तीव्र रूपमा बढ्दै गएको अवस्थामा इटहरीमा गरिएको यस्तो सचेतनामूलक अभियानले समुदायलाई मधुमेहबारे थप सजग बनाउन मद्दत गरेको सहभागीहरूको भनाइ थियो।

naba dristi 11

यो अस्पताल स्वयं पनि कम समयमै उल्लेखनीय पहिचान बनाउन सफल संस्थामा पर्छ। सन् २०१८ मा “स्वस्थ आँखा, सुन्दर संसार” भन्ने नारासहित स्थापना भएको नवदृष्टि आँखा अस्पतालले बिरामीको विश्वास जित्दै आएको छ। 

naba dristi 1111

अस्पतालले पूर्वी नेपालमा आधुनिक तेस्रो तहका आँखा अस्पताल स्थापना गरेर नपुगेका जनतालाई सेवा पुर्‍याउने, समुदायमै पुगेर प्राथमिक आँखाको उपचारका गतिविधि चलाउने, अत्याधुनिक प्रविधिसहित कोर्निया, रेटिना, ग्लुकोमा, ओकुलोप्लास्टी, न्युरो–अप्थाल्मोलोजी, पेडियाट्रिक अप्थाल्मोलोजी, भिजन थेरापी, लो–भिजन र अप्थाल्मिक डिस्पेन्सिङ जस्ता सुपर–स्पेशालिटी सेवा उपलब्ध गराउने जस्ता दीर्घकालीन लक्ष्य लिएको छ। साथै, गरिब तथा विपन्नका लागि सेवा सबैभन्दा सुलभ र पहुँचयोग्य बनाउने तथा अनुसन्धान गतिविधिमा सक्रिय रहने यसको मुख्य भिजन हो।

naba dristi 111

त्यसैगरी, आधुनिक प्रविधि अपनाएर उच्च गुणस्तरका आँखा उपचार सेवा सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्य अस्पतालको मुख्य मिसन बनेको छ। मधुमेहका बिरामीमा आँखामा समस्या देखिने सम्भावना उच्च हुने भएकाले र्यालीको उद्देश्य समुदायलाई त्यसबारे सचेत गराउनु नै रहेको गौतमले बताए। उनका अनुसार, नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान, तौल नियन्त्रण र धूम्रपान–मद्यपानबाट टाढा रहन सके मधुमेहको जोखिम धेरै घटाउन सकिन्छ।

naba dristi 1

यस वर्षको नाराले  “Diabetes and Well-being” मधुमेहसँगै स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन सबैलाई प्रेरित गरिरहेको छ। इटहरीमा भएको र्यालीले यही सन्देशलाई स्थानीय तहसम्म पु¥याउने उद्देश्य बोकेको थियो। यो अस्पतालले शुक्रवार नि:सुल्क मधुमेह परीक्षण समेत गरिरहेको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार