मोरङमा नुहाउन गएकी २६ वर्षीय पूजा लोहन्द्रा खोलामा मृत फेला

सोमबार, १४ पुस २०८२
Filephoto

विराटनगर । नुहाउनलाई भनेर मोरङको ग्रामथान गाउँपालिका–४ चपरमाडीस्थित लोहन्द्रा खोलामा गएकी एक जना युवती मृत फेला परेकी छन् । 

प्रहरीका अनुसार खोलामा डुबेर मृत्यु भएको अवस्थामा ग्रामथान–६ की २६ वर्षीय पूजा माझीको शव फेला परेको हो । नुहाउन भनेर खोलामा गएकी उनलाई आइतबार राति १० बजेतिर डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।  

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले कानुनी प्रक्रिया पूरा गरी खोलाबाट निकालेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको जानकारी दिइन् । अविवाहित रहेकी पूजाको मृत्युको कारण खुल्न सकेको छैन । 

नुहाउने क्रममा कठ्यांग्रिएर उनको मृत्यु भएको हो कि घटनाको अन्य कुनै कारण छ भनेर पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको चुँडालले बताइन् । मृत फेला परेकी पूजा करिब १०–१२ वर्षदेखि छारेरोग (मिर्गी)को बिरामी रहेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन् । 

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार