काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले समानुपातिक प्रतिनिधि सूचीको पहिलो नम्बरमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन्।
आइतबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकमा उनीहरूले पार्टी एकता र सन्तुलित प्रतिनिधित्वका लागि सूची क्लस्टरगत आधारमा तयार गर्नुपर्ने धारणा राखे। स्रोतका अनुसार बिन्दा पाण्डे, रचना खड्का, खगेन्द्र राई, टीकाराम भट्टराई, शम्भु थापा, भीमज्वाला राई, पूर्णशोभा चित्रकार र शर्मिला कार्कीका नाम पनि समेट्न सुझाव दिइयो।
झापा र दाङबाट धेरै नाम ल्याउँदा अन्य क्षेत्रको प्रतिनिधित्व कमजोर हुने भन्दै क्षेत्रीय सन्तुलनमा जोड दिइयो। एकपटक समानुपातिक सूचीमा परेकालाई यसपटक बाहिर राखी नयाँ अनुहारलाई अवसर दिनुपर्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिएको स्रोतले बतायो ।
प्रतिक्रिया