सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो

मंगलबार, १५ पुस २०८२

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्यमा भारी  गिरावट आएको छ।  सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ७ हजार ९०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सोमबार ६०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो।

यस्तै चाँदीको भाउमा पनि गिरावट आएको  छ। आज ३०५ रुपैयाँले घटेर एक तोला चाँदीको भाउ ४ हजार ५९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोही परिमाणको चाँदी ४ हजार ८९५ रुपै‌याँमा कारोबार भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार