ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बस्यो। बैठकमा विभिन्न एजेन्डा र समसामयिक राजनीतिक विषयमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गरे।
आजको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार विक र लक्ष्मी खतिवडाले बोल्ने अवसर पाएका थिए।
त्यस्तै, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली र आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) तथा अमरसिंह पुन (लुम्बिनीले पनि आफ्नो धारणा प्रस्तुत गरे।
बैठकमा विभिन्न विषयमा सुझाव, आलोचना र नीति–दिशा सम्बन्धी विचारहरू प्रस्तुत भएका छन्। पार्टीका अनुसार, कार्यसमितिको बैठक कात्तिक १४ गते दिउँसो १ बजे पुनः बस्नेछ।
प्रतिक्रिया