सुविन भट्टराईको ‘चमेलीको फूल बैजनी रूमाल’ लोकार्पण

शुक्रबार, ३१ असोज २०८२

काठमाडौं : साहित्यकार सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ को लोकार्पण गरिएको छ । 

शुक्रबार प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहबीच भट्टराईले आफ्नो पुस्तक सार्वजनिक गरेका हुन् । 

भट्टराई सँगसँगै सहभागी दर्शकहरूले सार्वजनिक रूपमा पुस्तक लोकार्पण गरेका थिए । पुस्तक फाइन पिन्टले बजारमा ल्याएको हो भने, पुस्तको मुल्य ५७५ रूपैयाँ रहेको छ ।         

भट्टराईले जेन–जी आन्दोलनमा हताहत भएका ब्यक्तिहरूप्रति श्रद्धा सुमन अर्पण गर्दै समय जस्तो भएपनि आफ्नो गन्तव्य तर्फ लम्किन कहिले पनि पछि पर्न नहुने बताए ।

उनले, आजसम्मको माया प्रेम स्नेह र पाठकहरूको सदासयताका लागि आफू नतमस्तक रहेको बताए । त्यस्तै, समय परिस्थिति बदलिनेछ तर, लेखकले त्यै परिस्थितिलाई आत्मसम्मान र आत्मसात नगरे पाठकहरूबाट टाढा हुने बताए  ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार