काँग्रेसका क्षेत्रीय समितिहरु सुनसरीबाट उम्मेदवार बन्नेहरुको नाम सिफारिस गर्दै

बुधबार, २४ मंसिर २०८२
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को बैठक

इनरुवा :  पार्टीका तर्फबाट विघटित प्रतिनिधि सभामा निर्वाचित केही सदस्यहरुले संसद पुनस्थापनाको माग राख्दै सर्वाेच्च अदालतमा रिट दिएपनि आगामी फागुनमा हुने प्रतिनिधि सभा लगायतका निर्वाचनमा भाग लिने गरी नेपाली काँग्रेसले उम्मेवार चयन कार्य सुरु गरि सकेको छ । निर्वाचनको तयारीमा जुटेको काँग्रेसका तर्फबाट सुनसरीमा पनि प्रतिनिधि सभाका लागि प्रत्यक्ष , समानुपातिक र राष्ट्रिय सभा सदस्यका लागि उम्मेवार छनौट प्रकृया सुरु गरेको हो । 


सुनसरीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि उम्मेदवार हुनेहरुको नाम क्षेत्रबाट सिफारिस हुने क्रम जारी रहेको छ । आगामी निर्वाचनका लागि उम्मेदवार छनौटका लागि सिफारिस गर्न क्षेत्रीय समितिहरुलाई हिजो मंगलवार सम्मको समय दिएकोमा क्षेत्रीय समितिहरुले आज नाम टुंग्याउने क्रम जारी रहेको जिल्ला सचिव विरेन्द्रकुमार शाहले जानकारी दिए । सचिव शाहका अनुसार क्षेत्रीय समितिहरुले सिफारिस गरेका नामहरुलाई जिल्लाले टुंग्याएर भोली बिहीबार सम्म केन्द्र र प्रदेश समितिमा पठाउने समेत वताए । 


चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा हाल सम्म क्षेत्र नम्बर १ र २ बाट उम्मेदवारको नामावली सिफारिस भई रहेको र आधिकारिक आउन बाँकी रहेको जनाइएको छ । उम्मेदवार सिफारिस गर्न क्षेत्रीय समितिहरुले बैठक राखिरहेका छन । यता क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहितको नाम आएको र अहिले सम्म निर्णय भई नसकेको क्षेत्रीय सभापति अयुव अन्सारीले जानकारी दिए । गत निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट मात्र प्रतिनिधि सभामा नेपाली काँग्रेसले निर्वाचन जितेको थियो । काँग्रेस उम्मेदवार ज्ञानेन्द्र वहादुर कार्कीले झिनो मतान्तरले एमाले उम्मेदवार जगदिश कुशियतलाई पराजित गरेका थिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार