इटहरी : बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्स प्रा.लि. ले पूर्वी नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरीको रामधुनी नगरपालिका–टिट्रिबन मा अत्याधुनिक आइचर 3S (सेल्स, सर्भिस एण्ड स्पेयर्स) शोरूम सञ्चालनमा ल्याएको छ।
माघ २१ गते उद्घाटन गरिएको यस नयाँ केन्द्रले व्यावसायिक सवारी साधनको बिक्री तथा बिक्रीपछिको सेवालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ।
उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बटास, भोल्भो आइचर कमर्सियल भेहिकल्स (VECV) का अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख वरिष्ठ उपाध्यक्ष अमन अरोरा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
साथै सीएनआई, एफएनसीसीआई, विभिन्न अटोमोबाइल संघ–संस्था, बैंकिङ क्षेत्रका प्रतिनिधि, एमएडब्ल्यू ग्रुप, बीएमसीभी तथा भीईसीभीका वरिष्ठ अधिकारी, ग्राहक र व्यावसायिक साझेदारहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै एमएडब्ल्यू इन्टरप्राइजेजका उपाध्यक्ष हेमन्त पुराणिकले रामधुनी–इटहरी क्षेत्रमा 3S सुविधा सञ्चालनमा आउनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले विश्वस्तरीय सवारी साधन, व्यावसायिक बिक्रीपछिको सेवा र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने दीर्घकालीन प्रतिबद्धताअनुरूप यो केन्द्र स्थापना गरिएको जानकारी गराए। साथै उनले इटहरीस्थित टिमको परिचय गराउँदै शोरूमका विशेषताहरू पनि जानकारी गराए।
नयाँ 3S केन्द्रमा प्रशिक्षित प्राविधिक, अत्याधुनिक डायग्नोस्टिक उपकरण तथा पर्याप्त मौज्दात भएको जेन्युइन स्पेयर पार्ट्स स्टोर उपलब्ध रहेको छ, जसले सवारी साधनको मर्मत समय घटाई अधिकतम अपटाइम सुनिश्चित गर्नेछ।
रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापाले नयाँ शोरूम सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै यसले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
उनले यस केन्द्रबाट स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना हुने र क्षेत्रको समग्र आर्थिक तथा अटोमोबाइल इकोसिस्टम सुदृढ हुने बताइन्।
एमएडब्ल्यू ग्रुप तथा बीएमसीभीका अध्यक्ष विष्णु कुमार अग्रवाल ले समूहको संस्थागत विकास र अनुशासित विस्तार रणनीतिबारे चर्चा गर्दै यो शोरूम केवल नयाँ ठेगाना मात्र नभई यस क्षेत्रको भविष्यको मोबिलिटीप्रतिको दृष्टिकोण भएको बताए।
ग्राहक केन्द्रित सेवा, दक्ष जनशक्ति र आधुनिक प्रणालीमार्फत बदलिँदो प्रविधिसँगै सेवा अझ द्रुत रूपमा अघि बढाइने उनले उल्लेख गरे।
उनले पूर्वी नेपालको बढ्दो यातायात तथा लजिस्टिक क्षेत्रप्रति समूहको विश्वास झल्किने गरी इटहरीमा 3S केन्द्र सञ्चालनमा ल्याइएको बताए।
यसले ढुवानी व्यवसायी तथा फ्लीट अपरेटरहरूको कार्यक्षमता र नाफा वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

भीईसीभीका वरिष्ठ उपाध्यक्ष अमन अरोरा ले एमएडब्ल्यू–भीईसीभी साझेदारीको मजबुत सम्बन्धबारे प्रकाश पार्दै नेपालमा बिक्रीपछिको सेवा र ग्राहक नजिक पुग्ने रणनीतिलाई प्राथमिकता दिइएको बताए।
उनले भोल्भो–आइचर संयुक्त उद्यमबारे जानकारी गराउँदै बीएस–६ रेञ्ज र प्रो एक्स सिरिज जस्ता आगामी उन्नत सवारी साधनहरूको झलक पनि प्रस्तुत गरे।
कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य राख्दै प्रबन्ध निर्देशक शान्त राज बतास ले यस उद्घाटनसँगै भोल्भो आइचरसहित बटास एमएडब्ल्यूले नेपालभर आफ्नो सञ्जाल विस्तार गर्दै ग्राहकलाई गुणस्तरीय सवारी, भरपर्दो सेवा र विश्वासिलो सहयोग नजिकबाट उपलब्ध गराइरहने प्रतिबद्धता दोहोर्याए।
पूर्वी नेपालको प्रमुख व्यावसायिक तथा लजिस्टिक मार्गमा रणनीतिक रूपमा अवस्थित यस 3S केन्द्रले सवारी बिक्री, आधुनिक सेवा सुविधा र जेन्युइन स्पेयर पार्ट्स एकै छानामुनि उपलब्ध गराउँदै सम्पूर्ण र सहज ग्राहक अनुभव प्रदान गर्नेछ।
उद्घाटन समारोह सवारी साधन प्रदर्शनी तथा नेटवर्किङ कार्यक्रमसँगै सम्पन्न भएको थियो।

प्रतिक्रिया