तेह्रथुम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तेह्रथुममा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तेह्रथुमबाट ई. सुरेन्द्र कार्कीलाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि सारेपछि जिल्लामा नयाँ चर्चा र बहस सुरु भएको छ । युवा पुस्ताको आवाज, वैकल्पिक राजनीतिक धार र विकासप्रेमी सोचका कारण सुरेन्द्र कार्कीलाई अहिले तेह्रथुममा “नयाँ पुस्ताको राजनीतिक विद्रोहको प्रतीक” का रूपमा हेरिन थालेको छ ।
वि.सं. २०५४ सालमा तेह्रथुमको फेदाप गाउँपालिका–सिम्लेमा जन्मिएका कार्कीको प्रारम्भिक बाल्यकाल भने म्याङ्लुङ क्षेत्रमा बितेको हो । शैक्षिक रूपमा अब्बल मानिने उनले वि।सं। २०६८ सालको एसएलसी परीक्षामा जिल्ला टप गर्दै उत्कृष्ट विद्यार्थीको परिचय बनाएका थिए । त्यो समय उनी रेकर्ड होल्डरका रूपमा समेत चर्चित थिए ।
उच्च शिक्षाका लागि उनले प्रतिष्ठित बुढानिलकण्ठ स्कुल, काठमाडौँमा अध्ययन गरेका हुन् । बुढानिलकण्ठका पूर्व विद्यार्थीहरूमध्ये स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, उज्ज्वल थापाजस्ता राष्ट्रिय राजनीतिमा चर्चित व्यक्तित्वहरू पनि पर्छन् । यसले उनको शैक्षिक पृष्ठभूमि मात्र होइन, नेतृत्व विकासको आधारसमेत देखाउँछ ।
अध्ययनदेखि व्यवहारसम्म राजनीतिक चेतना
कार्कीको राजनीतिक चेतनाको प्रारम्भिक आधार आरआर क्याम्पसमा अध्ययन गर्दा विकसित भएको बताइन्छ । त्यसपछि इन्जिनियरिङ परामर्शदाताको रूपमा विभिन्न प्रतिवेदनहरूमा काम गर्ने क्रममा संविधान, कानुन र राज्य सञ्चालनसँगको निकटताले उनको राजनीतिक बुझाइलाई थप व्यावहारिक बनाएको छ ।
हाल उनी त्रिचन्द्र क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहको अन्तिम चरणमा अध्ययनरत छन् । अर्थशास्त्रको विद्यार्थीका रूपमा उनले समग्र विकास, बजेट, नीति निर्माण र सार्वजनिक व्यवस्थापनका विषयलाई अझ गहिरो रूपमा बुझ्ने अवसर पाएका छन् ।
विकास निर्माणको अनुभवी इन्जिनियर
पेशागत रूपमा उनी सिभिल इन्जिनियर हुन् । उनले भवन तथा सडक डिजाइन, खानेपानी वितरण योजना, वातावरणीय अध्ययनसम्बन्धी प्रतिवेदनलगायत विविध प्राविधिक कार्यहरूमा अनुभव हासिल गरिसकेका छन् ।
त्यस्तै, उनी कृषि विकास बैंकसहित विभिन्न बैंकहरूमा मूल्यांकनकर्ता (ख्बगिबतयच) का रूपमा समेत अनुबन्धित छन् । यसले उनलाई विकास योजनाको लागत, मूल्यांकन तथा वित्तीय व्यवहारिकता बुझ्ने दक्ष व्यक्ति बनाएको देखिन्छ ।
काठमाडौँलाई मुख्य कार्यथलो बनाउँदै आए पनि “आफ्नो ठाउँमा आफ्नै दक्षता प्रयोग हुनुपर्छ” भन्ने सोचका साथ उनले बराबर समय तेह्रथुममै बिताउने गरेका छन् । यही कारण उनी जिल्लाको भौगोलिक, सामाजिक र विकासका समस्या प्रत्यक्ष अनुभूति गर्ने उम्मेदवारका रूपमा चिनिन्छन् ।
व्यक्तित्व र क्षमता
कार्कीलाई चिन्नेहरूका अनुसार उनी मृदुभाषी, नरम तर तार्किक, गहिरो स्व(अध्ययन गर्ने, लेखन क्षमतामा बलियो तथा प्रभावकारी नेतृत्व क्षमता भएका व्यक्ति हुन् । उनी भावनाभन्दा तर्क र तथ्यमा आधारित निर्णय गर्ने स्वभावका कारण युवा पुस्तामा लोकप्रिय हुँदै गएका छन् ।
‘ सचेत तेह्रथुम’ अभियानबाट राजनीतिक उदय
भदौ २३ र २४ को घटनापछि उनले ‘ सचेत तेह्रथुम’अभियानमार्फत नवयुवाहरूलाई एकत्रित गर्दै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागिता जनाएपछि उनको राजनीतिक पहिचान अझ सशक्त बनेको हो । यही अभियानबाट उनी तेह्रथुममा सामाजिक जागरण, सचेतना र परिवर्तनको आवाज बन्न थाले ।
एमाले पृष्ठभूमि, तर फरक राजनीतिक बाटो
सुरेन्द्र कार्कीको पारिवारिक पृष्ठभूमि एमालेसँग जोडिएको छ । उनकी आमा लक्ष्मी कार्की एमालेनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ) की जिल्ला अध्यक्ष हुन् भने बुवा विरेन्द्र कार्की एमालेनिकट व्यवसायी संघका जिल्ला अध्यक्ष रहेका छन् ।
आमा लक्ष्मी कार्कीलाई आगामी स्थानीय तह निर्वाचनमा म्याङ्लुङ नगरपालिकाको उपमेयर पदको सम्भावित उम्मेदवारका रूपमा समेत चर्चा गरिएको थियो । तर छोरा सुरेन्द्रको उम्मेदवारी घोषणा भएसँगै आमाबुवाले नैतिक जिम्मेवारी बोध गर्दै स्वेच्छिक राजीनामा दिएका थिए ।
यो घटनाले तेह्रथुममा पुस्तान्तरण, विचार परिवर्तन र नयाँ राजनीतिक विकल्पको बहसलाई अझ तीव्र बनाएको छ । पुरानो राजनीतिक संस्कारभन्दा फरक बाटो रोज्ने उनको निर्णयलाई धेरैले साहसी कदमका रूपमा व्याख्या गरेका छन् ।
उम्मेदवारी घोषणामा कार्कीको प्रतिबद्धता
“यो निर्णय मैले व्यक्तिगत जीवनका सुविधा, चिन्ता र सुरक्षित दायराभन्दा माथि उठेर गरेको हुँ । यो उमेरमा तेह्रथुमको राजनीतिक पृष्ठभूमिमा आफ्नो ठाउँका लागि गर्न सकिने अधिकतम त्याग, जोखिम र साहस यही हो भन्नेमा म स्पष्ट छु ।”
उनको भनाइले उनले राजनीति व्यक्तिगत फाइदाका लागि नभई परिवर्तनको जिम्मेवारीका रूपमा स्वीकारेको सन्देश दिन्छ ।
चुनावी एजेण्डा र दृष्टिकोण
आफ्नो पेशागत अनुभव, विकास निर्माणमा प्रत्यक्ष सहभागिता, प्रतिवेदनमा काम गर्दा संविधान र कानुनसँगको निकटता तथा अर्थशास्त्रको विद्यार्थीका रूपमा प्राप्त दृष्टिकोणले आफूलाई तेह्रथुमको प्रभावकारी प्रतिनिधित्व गर्न सक्ने आत्मविश्वास दिएको कार्की बताउँछन् ।
तेह्रथुमका मुख्य समस्या— सडक, खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र युवाको पलायन—लाई केन्द्रमा राखेर उनी योजनाबद्ध विकासको पक्षमा उभिएका छन् । उनको उम्मेदवारीलाई “भाषणभन्दा काममा विश्वास गर्ने पुस्ताको प्रतिनिधित्व” का रूपमा हेरिएको छ ।
तेह्रथुमको राजनीतिमा परम्परागत दलहरूको दबदबा रहँदै आएको अवस्थामा रास्वपाबाट उम्मेदवार बनेका ई। सुरेन्द्र कार्कीको प्रवेशलाई जिल्लामा नयाँ राजनीतिक तरंगको रूपमा हेरिएको छ । शैक्षिक क्षमता, पेशागत दक्षता, सामाजिक अभियानको अनुभव र युवापुस्ताको आकर्षण बोकेका कार्कीले तेह्रथुमको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाइदिएका छन् ।
तेह्रथुममा १२ दलका १२ उम्मेदवार
जिल्लामा मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारसँगै कार्कीलाई पनि हेरिएको छ । यसपटक तेह्रथुममा १२ दलका १२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसले युवा नेता सन्तोष सुब्बालाई उम्मेदवार बनाएको छ भने एमालेले भानुभक्त ढकाललाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, श्रम संस्कृति पार्टीबाट सुविन्द्र कुमार लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट शंखरमान लिम्बु, नेपाल जनमुक्ति पार्टीबाट सागरनाथ रेग्मी उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होमभक्त लिम्बु (कुरुम्बाङ), राष्ट्रिय परिवर्तन पार्टीबाट उषालक्ष्मी तुम्बाहाङफे, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) पुष्पलाल समूहबाट टंक प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट मनकुमार लिम्बु तथा मंगोल नेसनल अर्गनाइजेसनबाट गंगा बहादुर चोङबाङले पनि मनोनयन दर्ता गराएका छन् ।
५६ मतदानस्थल, ९३ मतदान केन्द्र
जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ५६ मतदानस्थलमा (३ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा सहभागी मतदातामध्ये ३५ हजार ५ सय १) महिला र ३७ हजार ६ सय २७ पुरुष गरी कुल ७३ हजार १ सय ३७ मतदाता रहेका छन् ।
प्रतिक्रिया