कर्णालीले जनकपुरलाई दियो १ सय ३० रनको लक्ष्य

आइतबार, २१ मंसिर २०८२
कर्णाली याक्स र जनकपुर बोल्ट्सको खेल

काठमाडौं : त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आज भएको खेलमा जनकपुर बोल्ट्सलाई १ सय ३० रनको लक्ष्य दिएको छ । 

कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रनको योगफल तयार पारेको हो । 

कर्णालीका लागि इम्रान शेखले ३३, गुल्सन झाले १९, कप्तान सोमपाल कामीले अविजित १८, प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन बनाए । 

जनकपुरका लागि ललितनारायण राजवंशी र आदित्य महताले दुई–दुई तथा संगीत कुरे, अनिलकुमार साह र माज सदाकतले एक–एक विकेट लिए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार