सुनसरीमा हवाई फायर गरी गाँजा बोकेको सवारी नियन्त्रणमा

विहीबार, ११ मंसिर २०८२

इटहरी : सुनसरीको चाँदबेलाबाट प्रहरीले अवैद्य लागु औषध गाँजा र दुुई वटा सवारी साधन सहित सोही ठाउँका आदित्य चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

इनरुवा नगरपालिका वडा नम्बर ७ चाँदबेलाबाट दक्षिणतर्फ शंकास्पद अवस्थामा आज विहीवार विहानीपख मोटरसाईकलले स्कटिगं गरी लैजादै गरेको बा.१५ च २१७३  नम्बरको स्कारपियो पिकअप र को २७ प ८३३१ नम्बरको मोटरसाइकल सहित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरीको सोहेवगंज बि.ओ.पि.बाट सशस्त्र प्रहरी निरीक्षक महेश कुमार कार्कीको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्न खोज्दा नियन्त्रणमा लिन सुरक्षाकर्मीले एक राउण्ड हवाई फायर समेत गरेको जनाइएको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले हवाई फायर गरी स्कारपियो एक मोटरसाईकल सहित स्कारपियो  चालक आदित्य चौधरीलाई नियन्त्रण लिएपनि अन्य मोटरसाइकलमा सवारी दश बाह्र जना भने फरार भएका थिए । सो क्रममा गस्ती टोलीले स्कारपियो , मोटरसाइकल , ६ पोका गाँजा सहित चौधरीलाई नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिएको गाँजा ,स्कापियो ,मोटरसाइकल र चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार