विर्तामोडबाट  ब्राउनसुगर सहित एक जना पक्राउ

विहीबार, ११ मंसिर २०८२
सांकेतिक फोटो

झापा : पछिल्लो समयमा कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा लागु औषध सहित मानिस पक्राउ पर्ने क्रम वढी रहेको छ । यही क्रममा  झापाको बिर्तामोडबाट ४ ग्राम ब्राउनसुगर सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ सैनिक मोड क्षेत्रमा गस्ती गर्ने क्रममा प्रहरीले प्रफुल्ल राजवंशीलाई चेकजाँच गर्दा कालो प्लाष्टिकमा पोको पारिेर राखेको ४ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।  

प्रक्राउ परेका राजवंशीका साथबाट प्रहरीले  नेपाली नगद ८ सय २० रुपैया र भारतीय २ हजार रुपैया समेत बरामद गरेको  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र वहादुर खड्काले जानकारी दिए । राजवंशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको समेत प्रहरीले जनाएको  छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार