विराटनगर । श्रम संस्कृति पार्टीले भोजपुर जिल्ला सचिव भीम राईलाई कारवाही गर्ने बताएको छ ।
अध्यक्ष हर्क साम्पाङले सचिव राईलाई कारवाही गर्ने बताएका छन् । उनले भनेका छन्- 'भिम जीलाई सम्पर्क गरेर आवश्यक कारवाही चलाइनेछ ! धेरै काम नपाउनु है मिडिया हो... गल्ति व्यक्तिबाट हुन्छ संगठनको निर्देशन होइन त्यस्तो !'
राई एक महिलासँग शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । भोजपुर नगरपालिका–१० निवासी राईलाई ती महिलाका आफन्तले देउराली प्रहरी चौकीमा बुझाएका थिए । इलाका प्रहरी कार्यालय दिङ्लाले २२ वर्षीया महिलासँग पुरानै चिनजान रहेको देखिएपछि घटनाबारे थप सोधपुछ गरिएको थियो । राई र ती महिलालाई एक रात दिङ्ला इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । आवश्यक सोधपुछपछि प्रहरीले दुवैलाई आफन्तको जिम्मामा छाडिएको थियो ।
प्रहरी कार्यालय बाहिर भएको छलफलका क्रममा राईले ती महिलालाई ‘कान्छी श्रीमती' को रूपमा स्वीकार गरेपछि महिला पक्षका आफन्तले विवाद नबढाउने निर्णय लिँदै उनीहरूलाई जिम्मा लिएको बताइएको छ ।
प्रतिक्रिया