चितवन राइनोजले विराटनगर किंग्सको अपराजित यात्रालाई रोकेको छ । एनपीएलको बुधबारको खेलमा राइनोजले विराटनगरलाई ४८ रनले हराएको हो ।
दोस्रो संस्करणमा लगातार तीन खेलसम्म निरन्तर जित निकालेको विराटनगरको यो पहिलो हार हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो ।
प्रतिक्रिया