संखुवासभामा जिप दुर्घटना, २ जनाको मृत्यु

आइतबार, ११ माघ २०८२
सांकेतिक फाईल

डेक्स : संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये चैनपुर–१, मैदाने निवासी वीरबहादुर लिम्बुको पहिचान खुलेको छ भने अर्का मृतकको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये भीमबहादुर थक्लुङलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरिएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।

चैनपुरबाट बिहीबारतर्फ जाँदै गरेको जिप नुनढाकी नजिक दुर्घटनाग्रस्त भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले थप अनुसन्धान भइरहेको जनाए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार