इलाम : बिपदले प्रभावित व्यवसायको पुनःउत्थानका लागि आवश्यक नीतिगत कदम चाल्न आग्रह गर्दै इलाम उद्योग वाणिज्य सङ्घले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई लिखित सुझाव पत्र हस्तान्तरण गरेको छ।
इलाम आएका गभर्नर पौडेलसँग आयोजित अन्तरक्रिया कार्यक्रममार्फत सङ्घले असोज १८ गतेपछि परेको क्षति, त्यसले पर्यटनलगायत अन्य क्षेत्रमा पारेको प्रभाव र प्रभावित व्यवसायलाई राहत दिने उपायबारे विस्तृत सुझाव पेश गरेको हो।
“गभर्नरलाई लिखित रूपमा सुझाव दिएका छौँ,” वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलले भने। कार्यक्रममा सरकारी तथा निजी बैंकका प्रतिनिधि, कृषिजन्य उद्योगमा संलग्न व्यवसायी तथा राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधिहरू सहभागी थिए।
अन्तरक्रियामा इलामको पछिल्लो आर्थिक अवस्था, चुनौती, अवसर तथा सम्भावना बारे सकारात्मक छलफल भएको अध्यक्ष पौडेलले बताए।
प्रतिक्रिया