रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

आइतबार, ११ माघ २०८२
File Photo

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीद्वारा दायर रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको हो । साथै, अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन अदालतले बोलाएको छ ।

सर्वोच्च अदालतले उम्मेदवारी खारेजीविरुद्ध तत्काल अन्तरिम आदेश जारी नगरेपछि रेशम चौधरी हालका लागि उम्मेदवार हुन नपाउने भएका छन् ।

चौधरीले कैलाली–१ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका थिए । तर निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गरेपछि उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार