काठमाडौं । नेपाली कांग्रेसको देउवा-खड्का पक्षले राष्ट्रिय सभाको निर्वाचन लगत्तै राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। विशेष महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई निर्वाचन आयोगले मान्यता दिएपछि र उनकै निर्णयअनुसार पार्टी निर्वाचन प्रक्रियामा अगाडि बढेपछि पार्टी नेतृत्वबाट विस्थापित तत्कालीन संस्थापन पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।
भेलामा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि सहभागी हुने बताइएको छ । भेलाबाट केही निर्णय पनि लिने तयारी छ । नेपाली कांग्रेसको नीति सिद्धान्त र आदर्शमा टेकेर अगाडि बढ्न र नेतृत्वलाई निरंकुश हुनबाट जोगाउन भेला गर्न लागिएको यो समूहको दाबी छ । यो समूहले सभापति निरंकुश बन्न खोजेको आरोप लगाएको छ ।
प्रतिक्रिया