काठमाडौं : शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १५टी नेपाली बजारमा सार्वजनिक गरेको छ। लाइकासँगको सहकार्यमा तयार गरिएको क्यामेरा, शक्तिशाली हार्डवेयर र प्रतिस्पर्धी मूल्यका कारण यो फोन नेपाली उपभोक्ताका लागि आकर्षक विकल्प बनेको छ।
शाओमी १५टी को ५० मेगापिक्सेल मुख्य क्यामेरा, लाइका कलर प्रोफाइल तथा OIS प्रविधि दैनिक फोटोग्राफीका लागि उत्कृष्ट मानिन्छ। प्राकृतिक र प्रिमियम रंग उत्पादन गर्ने क्षमताले महँगा फ्ल्यागशिप फोनसँग प्रतिस्पर्धा गर्न सक्षम छ।
फोनमा १२GB LPDDR5X RAM र ५१२GB UFS 4.1 स्टोरेज रहेको छ, जसले मल्टिटास्किङ, एप लोडिङ तथा गेमिङमा उच्च गति प्रदान गर्छ।
प्लास्टिक फ्रेम भएको हल्का डिजाइन (१९४ ग्राम), IP68 धुलो–पानी प्रतिरोध, र ६.८३-इन्चको OLED 1.5K डिस्प्ले मुख्य आकर्षण हुन्। १२०Hz रिफ्रेश–रेट तथा ३२०० निट्स ब्राइटनेसका कारण स्क्रिनको अनुभव अत्यन्त सहज र स्पष्ट हुन्छ।
फोनमा ५,५००mAh ब्याट्री राखिएको छ, जसले मध्यमदेखि भारी प्रयोगमा पनि एक दिन सजिलै चल्ने बताइएको छ। ६७W फास्ट चार्जिङले करिब ५० मिनेटमै फोन पूरा चार्ज हुन्छ।
कनेक्टिविटीमा डुअल सिम, WiFi 6, NFC, ब्लुटुथ ५.४ लगायतका सम्पूर्ण आधुनिक सुविधाहरू उपलब्ध छन्। इन–डिस्प्ले फिङ्गरप्रिन्ट र फेस अनलकसहित आवश्यक सबै सेन्सरहरू समावेश छन्।
नेपालमा १२GB/५१२GB भेरियन्टको मूल्य रु. ६४,९९९ तोकिएको छ। शाओमीका अधिकृत विक्रेता तथा रिटेल स्टोरमार्फत यो फोन देशभर उपलब्ध छ। साथै, ४०% डाउन पेमेन्टमा ९ महिनासम्म किस्ता सुविधा पनि उपलब्ध गराइएको छ, जसले फोनलाई अझ धेरै प्रयोगकर्तासम्म पहुँचयोग्य बनाएको छ।
प्रतिक्रिया