धरानमा ५० केजी गाँजा सहित दुईजना पक्राउ

सोमबार, ०८ मंसिर २०८२

धरान : अवैद्य लागु औषध गाँजा सहित सुनसरीको धरानवाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

तातोपानीबाट धरानतर्फ आउँदै गरेको को १ ज २१७८ नम्बरको यात्रु वाहक गाडी चेकजाँच गर्ने क्रममा ५० केजी गाँजा सहित गाडी चालक  धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिका वडा नम्बर ९का खड्गवहादुर  मगराती र गाडीका सहचालक दुर्गे विकलाई विष्णुपादुका प्रहरी चौकी सुनसरीले नियन्त्रणमा लिएको हो ।

गाँजा सहित पक्राउ गरिका मानिसहरु र सवारीलाई  थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको र गाडी चेकजाँचका क्रममा गाडीको पछाडीबाट दुई जना हाम फालेर भागेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भिषणबाबु राईले जानकारी दिए ।

प्रहरीले प्लाष्टिकमा प्याकिगं गरिएको अवस्थामा गाँजा फेला पारेको र फरार भएकाहरुको खोजी कार्य भई रहेको समेत उनले वताए । पक्राउ परेकाहरुको साथ वाट दुई थान मोवाइल समेत बरामद गरिएको  प्रहरीले जानकारी दिएको छ ।  पछिल्लो समयमा सुनसरीका विभिन्न ठाउँहरुबाट प्रहरीले ठुलो परिमाणमा गाँजा नियन्त्रणमा लिएर गाँजाका विषयमा थप अनुसन्धान गर्ने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार