मलद्धारमा लुकाएर ब्राउन सुगर ल्याउने कुमाल पक्राउ

सोमबार, ०८ मंसिर २०८२


झापा : मलद्धारमा लुकाएर भारतबाट नेपाल तर्फ लागुपद्धार्थ ब्राउन सुगर ल्याउदै गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ खुदुनावारीका विरवहादुर कुमाल आइतवार साझँ शंकास्पद अवस्थामा पैदल यात्रा गरी भारत तर्फबाट आउदै गर्दा मेचीपुल नजिक वडा प्रहरी कार्यालय भद्रपुरले चेकजाँच गर्ने क्रममा ६ ग्राम बढी ब्राउन सुगर सहित पक्राउ परेका हुन ।

प्लाटिकमा पोको पारी मलद्धारमा लुकाएर ल्याएको लागुपद्धार्थ ब्राउन सुगर ल्याउने कुमाललाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान र कानूनी कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ । पछिल्लो समय नेपाल प्रहरीले लागुपद्धार्थ नियन्त्रण कार्यमा सक्रियता वढाएसंगै  छिमेकी मुलुक भारतबाट नेपाल तर्फ ब्राउनसुगर सहित विभिन्न किसिमका नेपालमा प्रतिवन्धित लागु औषधहरु सहित मानिस पक्राउ पर्ने क्रम समेत वढी रहेको छ ।   

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार