काठमाडौं । एनपीएलको साविक विजेता जनकपुर बोल्ट्समाथि जित निकाल्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।
विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको हो । साविक विजेता जनकपुरको यो लगातार दोस्रो हार हो ।
विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि लफ्टी इतनले ४२ रन बनाए पनि जिताउन सकेनन् ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल ११ रन दिएर ४ विकेट लिए । यस्तै, सूर्य तामाङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए ।
प्रतिक्रिया