प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै लुम्बिनीका कप्तान पौडेलले पाए अमोडा कार

शनिबार, २७ मंसिर २०८२

काठमाडौं : एनपीएल–२ को च्याम्पियन टोली लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल एनपीएल सिजन–२ का उत्कृष्ट खेलाडी बनेका छन्।

उनी नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी घोषित भएबापत अमाेडा कार पुरस्कार प्राप्त गरे।

आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स सिजन–२ को च्याम्पियन बनेको हो।

यो सिजनमा रोहितले २७४ रन बनाएका छन् भने १० विकेट पनि लिए। फाइनल खेलमै उनले ह्याट्रिक विकेट समेत लिए।

साथै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पनि रोहित पौडेल नै घोषित भए, जसको पुरस्कारस्वरूप उनले पल्सर बाइक प्राप्त गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार