काठमाडौं : जनकपुर बोल्ट्सलाई पराजित गर्दै कर्णाली याक्स दोस्रो सिजनको नेपाल प्रिमियर लिगबाट बाहिरिएको छ ।
आजको भएको खेलमा जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गर्दै जनकपुरले दोस्रो सिजनको आफ्नो यात्रा ट्ंग्याएको हो ।
कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो ।
जनकपुरका लागि सञ्जय कृष्ण मूर्तिले सर्वाधिक ५१ रन बनाए । बलिङमा कर्णालीका विलियम बोसिष्टोले सर्वाधिक २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १२९ बनाएको थियो ।
कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए । साविक विजेता जनकपुर पनि दोस्रो सिजनको एनपीएलबाट बाहिरिएको छ ।
प्रतिक्रिया