झापा : ६४ औँ नेपाल नर्सिङ दिवसको अवसर पारेर बिहीबार प्रादेशिक अस्पताल भद्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नर्सिङ समिति प्रादेशिक अस्पताल भद्रपुरको आयोजनामा अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा १३ जना महिला र १२ जना पुरुष गरी कुल २५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन् । कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापा शाखाले गरेको थियो ।
रक्तदान कार्यक्रमको उद्घाटन प्रादेशिक अस्पताल भद्रपुरका डा. मनिष सुवेदीले गरेका थिए । नर्सिङ समितिकी अध्यक्ष अनिता दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालमा लामो समयदेखि सेवा गर्दै आएका स्वास्थ्यकर्मी विश्वेश्वरप्रसाद चौधरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. सुवेदीसहित स्वास्थ्यकर्मी सीता भण्डारी, रञ्जना डाँगी, उपमा शिवाकोटी, कृष्णा सुवेदी, रोकाकुमारी शाहलगायतले नर्सिङ दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया