निर्वाचन आयोगलाई पार्टीको विवरण अद्यावधिक गरिदिन सभापति थापाको आग्रह

विहीबार, ०१ माघ २०८२

काठमाडौं : नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा नेतृत्वले पार्टीको अद्यावधिक विवरण निर्वाचन आयोगमा बmुझाएको छ ।  पार्टीका तर्फबाट नव निर्वाचित सभापति थापा सहितको टोली निर्वाचन आयोगमा पुगेर पार्टीको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो । 

 

कानुनविद्ध्हरु सहित निर्वाचन आयोग पुगेको थापा नेतृत्वको टोलीले कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विवरण अद्यावधिकका लागि बुझाएको छ । सो क्रममा नव निर्वाचित सभापति थापाले प्रतिनिधिसभाको निर्वाचन नजिकीरहेका कारण विवरण चाँडै अद्यावधिक गरिदिन आग्रह गरेका थिए । 

 

सभापति थापाले कायवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई काँग्रेसको विधानको व्यवस्था अनुसार विशेष महाधिवेशन भएको समेत जानकारी गराएका थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार