झापा : झापाको विर्तामोडको समावेशी टोल भुतेनी खोलामा पानीमा डुबको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
विर्तामोड नगरपालिका वडा नम्बर १० भुतेनी खोलामा अन्दाजी ५० , ५५ बर्षको जस्तो देखिने पुरुष मृत्त अवस्थामा फेला परेको र हाल सम्म पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मृतकको पहिचान र आफन्तको खोजी कार्य भईरहेको समेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया