जेनजी विद्रोहबाट अर्थहीन निर्वाचन मात्रै पायौँ : मिराज ढुंगाना

विहीबार, ०१ माघ २०८२

काठमाडौं : जेन–जी अभियन्ता मिराज ढुङ्गानाले जेन–जी विद्रोहबाट अर्थहीन निर्वाचनबाहेक कुनै ठोस उपलब्धि नआएको बताएका छन्।

बिहीबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनका क्रममा बोल्दै उनले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको परिणाम अर्थहीन निर्वाचन मात्र भएको टिप्पणी गरे।

उनले पछिल्लो समय आफूलाई ‘नयाँ’ भन्ने समूहले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेकोप्रति आपत्ति जनाउँदै संविधान सच्याउन जरुरी रहेको बताए।

नेपालमा समस्या पात्रमा मात्र नभई प्रणालीमै रहेको जिकिर गर्दै उनले निर्वाचनको रटान लगाउने क्रम निरन्तर चलिरहेको बताए। यसले युवाहरूका भावना र आवाजलाई नजरअन्दाज गर्दै देशलाई अन्त्यहीन निर्वाचनतर्फ धकेलिएको उनको दाबी छ।

अहिलेको संविधानले परिवर्तन गर्न चाहने व्यक्तिको पनि हात बाँधिदिने अवस्था सिर्जना गरेको ढुङ्गानाले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार