एक करोड २० लाख डलर बराबरको गहना चोरी

शनिबार, २९ कार्तिक २०८२
सांकेतिक फाईल

उत्तरी फ्रान्समा चोरहरूले १२ लाख डलर बराबरका गहना चोरी गरेका छन् । 

चोरले कथित रूपमा बुधबार लिली नजिकैको मध्य रूबैक्समा एक गहना पसलमा तोडफोड गरी बहुमूल्य सामानहरू लिएर भाग्नु अघि जौहरी र उनकी श्रीमतीलाई केही समय बन्धकसमेत बनाएका थिए ।

प्रहरीका अनुसार चोरले लगेका गहनाहरूको मूल्य पाँच लाखदेखि १० लाख युरो अर्थात् पाँच लाख ८० हजारदेखि र १२ लाख अमेरिकी डलर बराबर रहेको छ । 

प्रहरीले घटनामा संलग्नता रहेको आशङ्कामा पक्रउ गरेका केही व्यक्तिविरूद्ध अपहरण, सङ्गठित अपराध र सशस्त्र चन्दा असुलीको बिषयमा अनुसन्धान सुरु गरेको छ ।

बुधबार एक फरक घटनामा धेरै व्यक्तिहरूले रूबैक्सको मुख्य हुलाक कार्यालयको नगद स्थानान्तरण धुकुटी तोडफोड गरी त्यसभित्र रहेको झोला लिएर भागेका थिए ।

झोलामा खाली झोलाबाहेक अरू केही थिएन। यस घटनामा संलग्न छ जनालाई त्यसै साँझ पक्राउ गरिएको थियो ।

गत महिना पेरिसको लुभ्र म्युजियममा एक गिरोहले दिनदहाडै छापा मारी १० करोड २० लाख अमेरिकी डलर बराबरको बहुमूल्य तथा ऐतिहासिक महत्वका गहना चोरी गरेका थिए ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार