एमालेले सुरु गर्यो प्रदेशगत छलफलमार्फत निर्वाचनको तयारी

आइतबार, २७ पुस २०८२

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि प्रदेशगत छलफल सुरु गरेको छ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलस्थितमा आज लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग निर्वाचन रणनीति र तयारीबारे बैठक गरिएको एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

उनका अनुसार “पार्टीले सातै प्रदेशका संयोजक, प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक सुरु गरेको छ। सोमबार मधेस, बागमती, कोशी र सुदूरपश्चिम प्रदेशको बैठक पनि डाकिएको छ।”

बैठकमा आगामी निर्वाचनका लागि रणनीति, क्षेत्रगत जनसम्पर्क, उम्मेदवार छनोट प्रक्रिया र पार्टी संगठनलाई सुदृढ गर्ने विषयमा छलफल हुने एमाले निर्वाचन विभागले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार