काठमाडौँ : आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।
बुधबार काठमाडौँमा एक कार्यक्रम गरी ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भइरहेका रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् ।
आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।
आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार रहेको बताइएको छ ।
प्रतिक्रिया