गगन–विश्व लक्षित योगेशको टिप्पणी : “हामीभन्दा धेरै गर्नुभयो”

आइतबार, २७ पुस २०८२

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

आइतबार विशेष महाधिवेशनको उद्घाटनपछि भट्टराईले लेखेका छन्, “हामीले बोल्यौ, केही गर्यौ, तपाईंहरूले बोल्नू भयो, हामीभन्दा धेरै गर्नु भयो, सलाम मित्रहरू।”

यसअघि नेकपा एमालेले पनि आफ्नो महाधिवेशन सम्पन्न गरेको थियो। त्यसमा नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओली नै स्थापित भएका थिए। परिवर्तनको एजेन्डा बोकेका योगेश भट्टराई उपमहासचिव र गोकर्ण विष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।

भट्टराईको यो टिप्पणीले पार्टीभित्रको आन्तरिक गतिविधि र राजनीतिक प्रतिस्पर्धामा सन्देश दिने उद्देश्य राखेको विश्लेषकहरूले जनाएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार