झापामा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

बुधबार, २६ कार्तिक २०८२

झापा : झापा गाउँपालिका–६, शरणामतीमा ट्र्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय सुनिल सोरेन रहेका छन्।

प्रहरीका अनुसार सोरेनले मे १ त ३३१६ नम्बरको ट्र्याक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा ट्र्याक्टर अचानक पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सोरेनको दुवै खुट्टा र टाउकोमा चोट लागेको थियो।

उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो करिब ३ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार