बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकल यात्रीको मृत्यु

मंगलबार, ०४ कार्तिक २०८२
file pic

बिर्तामोड : झापाको बिर्तामोडमा सवारी दुर्घटनामा घाइते भएका एक साइकल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

गत असोज ५ गते साँझ करिब सवा आठ बजे, बिर्तामोड–२ स्थित भाटभटेनी सुपरमार्केट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अर्जुनधारा नगरपालिका–५ का १७ वर्षीय अनुज राजवंशीले चलाएको प्रदेश–१–०१–१७ प २५८ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको थियो।

ठक्करबाट झापा गाउँपालिका–२ का ५० वर्षीय पिन्टु राजवंशी घाइते भएका थिए। उनी बिर्तामोडस्थित B&C अस्पतालमा उपचाररत थिए।

अस्पतालबाट कार्तिक १ गते डिस्चार्ज भएर घर फर्किएका राजवंशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कार्तिक आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक अनुज राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखेको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएपछि परिवारले अन्त्येष्टिका लागि बुझेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार