मेची पुलको ब्यारिकेटमा ठोक्किँदा ४० वर्षीय चेतनको मृत्यु

शनिबार, १७ माघ २०८२

झापा : मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १०:०० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पु¥याइएको थियो। उपचारकै क्रममा चिकित्सकले राति १०:५५ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेल पनि घाइते भएका छन्। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ। मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ।

प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार