महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका स्ववियू सभापति कार्कीको मृत्यु

शुक्रबार, १६ माघ २०८२

इलाम : महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति विशाल कार्कीको मृत्यु भएको छ। हृदयाघातका कारण उनको मृत्यु भएको बताइएको छ ।  

उपचारका क्रममा इलाम अस्पतालमा  उनको मृत्यु भएको हो। कार्कीलाई बिहान ९ बजेर ५० मिनेटमा अस्पताल पुर्‍याइएको थियो ।

 अस्पताल पुर्याउदा मुटुको चाल नदेखिएको अस्पतालका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।  अस्पतालमा तत्काल सिपिआर सहितको आपत्कालीन उपचार प्रयास गरिए पनि उनलाई बचाउन नसकिएको बताइएको छ  । 

उनले ४ घण्टा अघि मात्र शहीदलाई सम्झिएर श्रद्धा सुमन व्यक्त गरेका थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार